काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले मकवानपुर र चितवनका दुईवटा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकको हेटौँडा शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयलाई र टाँडी शाखाले चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि सहयोग गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैँकका शाखाहले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आनन्द भैरव आधारभुत विद्यालयलाई १ लाख ५० हजार र राष्ट्रिय माध्यामिक विद्यालयलाई १ लाख ६५ हजार गरी ३ लाख १५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन्

असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैँकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई १ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए । यस्तै असार ८ गते (सोमबार) रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच टाँडी शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई १ लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरेका हुन् ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।