काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।


ADVERTISEMENT


‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा ‘रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ ‘युकेएड सक्षम एक्सेस टू फाइनान्स’ कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । सम्झौता अनुसार, सिद्धाथ बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।


ADVERTISEMENT

# # #


‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफार्म हो । जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर)हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सांधर्विक र लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टद्वारा लिइएको छ । ‘क्वीक भुक्तानी’ ले व्यवसायहरू बीच नगद प्रवाह सुधार गर्न मद्दत गर्दछ, जुन कोरोना महामारीको कारणले अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादैनै महत्त्वपूर्ण छ ।