काठमाडौं — स्मार्टफोन ब्राण्ड रियलमीले इन्ट्री लेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको हो ।


ADVERTISEMENT


१८ हजार बजार मुल्य तोकिएको रियलमी सी ३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो । जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ । रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार रहेको कम्पनीको दाबी छ ।


ADVERTISEMENT

# # #


सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ । जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चितत गर्दछ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ । असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३जीबी र्याम र ३२जीबी स्टोरेजका साथ रु १६९९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुनेछ ।

ट्रिपल एआई क्यामेरा

रियलमी सी३ मा १२एमपीं२एमपीं२एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ १.८ ठुलो अपर्चर र १.२५ μm पिक्सल साइज रहेको छ । यसले द्धह् सम्म जुम गर्न सक्छ र पीडीएएफ अटोफोकस समर्थन गर्दछ ।

यसले फोटोलाई दिनको उज्यालोमा, कम प्रकाश र अध्यारो वातावरणमा उज्यालो पार्दछ । ४सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरु खिच्दा अधिक जानकारी दिन्छ । प्रयोगकर्ताले अतिसूक्ष्मसंग अझ बढि सिर्जना गर्न सक्दछन् । ट्रिपल रियर क्यामेराले हाडवेयर लेबल बोकह समर्थन गर्दछ । जुन बढी प्राकृतिक हो र वस्तुलाई अझ प्रख्यात बनाउने कम्पनीको दाबी छ ।

रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमान्चक विशेषताहरु छन् । जुन यस सेगमेन्टमा पाउन निकै मुस्किल छ । पिक्सल लेबल म्यापिङ्ग अल्गोरिदमको माध्यमबाट क्रोमा बुस्टले ब्राइटनेस र कलर पुनस्र्थापित गर्दै, उत्तम डाइनामिक रेन्ज, स्क्रिन कन्ट्रास्ट र भिभिड कलर प्रदान गर्दछ ।

यसबाहेक, क्यामेराले स्वचालित ज्म्च् मोड समर्थन गर्दछ । यसलाई खोलेपछि, अधिक विवरण र थुप्रै कलरका साथ अचुक तस्वीरका लागि हाइलाइट र डार्क डिटेल राख्न सकिन्छ । यो क्यामेराले १०८०पी भिडियो सुटिंग र १२०एफपीएसमा स्लो—मोसन भिडियो खिच्न सकिन्छ । यसको अगाडि ५ एमपी सेल्फी क्यामेरा छ । सेल्फी क्यामेराले एआई ब्युटिफिकेशन फंसन, एचडीआर मोड, पोट्रेट मोड र प्यानो सेल्फी विशेषता समर्थन गर्दछ जसले गर्दा व्यापक सेल्फी लिन सकिन्छ ।

स्टाइलिस डिजाइन र डिस्प्ले

रियलमी सी३ मा ६.५ इन्च एचडीं मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठुलो डिस्प्ले रहेको छ जुन सामान्य डिउड्रपको तुलनामा ३०.९५ सानो छ जसले स्क्रिन टु बडि अनुपात ८९.८५ उच्च बनाउँछ । यो ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक संजाल चलाउदा अवलोकन अनुभवलाई वृद्धि गर्दछ ।

रियलमी सी३ को रोमान्चक नयाँ कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाइएको छ ।

रियलमी सी३ मा ठुलो ५००० एमएएच ब्याट्री छ । जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सी३ का साथ घण्टौसम्म कुराकानी गर्न सकिन्छ । यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरु सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ । जसको मतलब यसले पावर बैंक जसरी नै अन्य उपकरणहरुलाई चार्ज गर्ने कम्पनीले जनाएको छ ।

थ्री फिंगर स्क्रिनसट गेस्चर

स्क्रिनसट लिनका लागि ३ वटा औंलाको प्रयोग गरेर, स्क्रिन प्रेस र होल्ड गर्नुहोस् र त्यसपछि स्क्रिनको छनौट गरिएको भाग क्याप्चर गर्न स्वाइप गर्नुहोस् । क्रप गरिरहन आवश्यक छैन र आंशिक स्क्रिनसट लिने काम मात्र एक चरणमै गर्न सकिन्छ ।