काठमाडौँ, फागुन २३ । रत्न राज्यलक्ष्मी (आरआर)क्याम्पस लगायत देशभरिकासबै क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले स्थानिय निकायको निर्वाचन आचारसंहिता लागू भएकाले स्ववियु निर्वाचन स्थगित गर्न त्रिभुवन विश्व विद्यालयलाई आज पत्र पठाएसंगै सो निर्वाचन स्थगित भएको हो ।


ADVERTISEMENT


आचार संहिता लागू भएको भन्दै निर्वाचन आयोगले त्रिविलाई पठाएको पत्रमा भनिएको छ-‘उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति २०७४/०१/१६ देखि लागू हुनेछ । अन्य बिभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई मिति २०७३/११/१८ देखि लागू हुनेछ ।’


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले आइतबार पनि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पत्र लेखेर स्ववियु निर्वाचन नगराउन भनेको थियो । आयोगले स्ववियु चुनाव गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुने स्पष्ट पारेको थियो ।

आर आर क्याम्पसमा १८ गते स्ववियू निर्वाचन हुन नसकेपछि आजका लागि निर्वाचन मिति तोकिएको थियो । तर निर्वाचन आयोगले जारी गरेको पत्रका कारण निर्वाचन स्थगित भएको हो ।

निर्वाचन आयोगले त्रिविलाई लेखेको पत्र