काठमाडौँ – इंग्लिस प्रिमियर लिग (इपीएल)को उपाधी लिभरपूल फुटबल क्लबले जितेको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने पक्का भएको हो ।


ADVERTISEMENT


स्टायनफोर्ड ब्रिजमा भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम भएको थियो । लिभरपूलको यस सफलताको श्रेय प्रशिक्षक योर्गन क्लोपलाई दिइएको छ । उनको नेतृत्वमा टिम पछिल्लो पटक फाइनलमा पुगेको थियो ।


ADVERTISEMENT

# # #


यससंगै लिभरपूलले ३० वर्षसम्मको इपीएलको उपाधी खडेरीको अन्त्य गरेको छ । लिभरपूलले पछिल्लो पटक सन् १९८९–९०मा इपीएलको उपाधी हात पारेको थियो । लिभरपूलले १९ औँ पटक इपीएलको उपाधी जितको हो ।

इपीएलको सर्वाधिक उपाधी जित्ने टिममा लिभरपूल दोस्रो स्थानमा छ । म्यानचेस्टर यूनाइटेडले सर्वाधिक २० पटक ट्रफी कब्जा गरेको छ ।