काठमाडौँ- बन्दाबन्दी सुरु भएदेखि नै करिब बन्द रहेको धितोपत्र दोस्रो बजारको कारोबार आगामी साताबाट सुचारु हुने सङ्केत देखिएको छ । धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच शुक्रबार भएको सहमति अनुसार धितोपत्रको दोस्रो बजार सुचारु हुन लागेको हो ।


ADVERTISEMENT


अहिले नेप्सेको अनलाइन कारोबार प्रणाली (नोट्स)मा सुधार भएको, बन्दाबन्दी केही खुकुलो भएका कारण युजर नेम र पासवर्ड लिन सहज भएको, तत्कालका लागि नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने, सीडीएस तथा क्लियरिङ लिमिटेडले तोकेका क्लियरिङ बैङ्कको इन्टरनेट बैङ्किङ सेवा तथा सीडीएस तथा क्लियरिङ लिमिटेडको मेरो सेयर सुविधा प्राप्त गरेपछि ग्राहकले घरबाटै खरिद बिक्री र रकम पनि प्राप्त गर्न सकिने अवस्था देखिएकाले बजार सुचारु गर्न सकिने भन्दै आगामी साताबाट सुचारु गर्ने सहमति भएको हो ।


ADVERTISEMENT

# # #