चितवन — भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।


ADVERTISEMENT


चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका बेला नै ती व्यक्तिमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै सीएमसीले उनलाई भरतपुरको सरकारी अस्पतालमा पठाएको थियो ।


ADVERTISEMENT

# # #


भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले शनिबार बिहान ७ बजे ती व्यक्तिको निधन भएको जानकारी दिए ।

भरतपुर अस्पतालका चिकित्सक डा.प्रमोद पौडेलका अनुसार संक्रमित व्यक्तिमा अन्तिम अवस्थाको फोक्सोको क्यान्सर थियो । उनलाई खोक्दा पनि रगत आउने समस्या रहेको डा. पौडेलले जानकारी दिए ।