सर्लाही – सर्लाहीमा नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ ।


ADVERTISEMENT


झडपमा ३ प्रहरी सहित १८ जना घाईते भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सर्लाहीको धनकौल गाउँपालिकामा गएराति नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना भन्दा बढी घाईते भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।

उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । झडपमा दुई जना प्रहरी समेत घाईते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको थियो ।

स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साता अघिपनि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो ।