काठमाडौँ-  विश्व बैङ्कले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उहाँलाई नियुक्त गरिएको विश्व बैङ्कले जनाएको छ ।


ADVERTISEMENT


उहाँले काठमाडौँ उपक्षेत्रीय कार्यालयमा आधारित रहनेगरी विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काको नेतृत्व गर्दै करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्नुहुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि जर्भोस नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ (वि. सं. २०५२) देखि विश्व बैङ्कसँग आबद्ध हुनुहुन्छ भने यसअघि उहाँले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकका रूपमा काम गरिसक्नुभएको छ ।
जर्भोसभन्दा पहिले यी तीन देशका राष्ट्रिय निर्देशक रहनुभएकी आइडा जी. पस्वराईरिद्धिहोले विश्व बैङ्कमै नयाँ कार्यभार सम्हाल्दै हुुनुहुन्छ ।
कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरहरूको सम्बोधन गर्न तीनवटै देशले शीघ्र कदम चाल्नेजस्ता कार्यका लागि उहाँको नियुक्ति भएको विश्व बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नियुक्तिसँगै उहाँले भन्नुभयो, “विश्व बैङ्कले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रममार्फत कोभिड–१९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरलाई कम गर्नु र रोजगारीका अवसर सिर्जना गर्दै समावेशी र दिगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ । यसका लागि म तीनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु । ”

विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलङ्काका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड–१९ आपत्कालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।

नेपालमा विश्व बैङ्कले कोभिड–१९ महामारीविरुद्ध जनस्वास्थ्यसम्बन्धी तत्कालीन आवश्यकताको सम्बोधन गर्न दुई करोड ९० लाख डलर बराबरको आपत्कालीन प्रतिकार्य परियोजनासहित नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । यसका साथै यस सङ्कटले निम्त्याएका आवश्यकताको परिपूर्ति गर्नेगरी विद्यमान पोर्टफोलियोको लगभग २० प्रतिशत परियोजनाको पुनर्संरचना गरिएको
जनाएको छ ।