काठमाडौं –  कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेकामध्ये बुधबार विभिन्न नौ वटा चार्टर उडानमार्फत १ हजार ३ सय ४२ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । त्यसक्रममा १२ वटा नेपाली कामदारहरुको शव पनि ल्याइएको छ । बुधबार खाडी र मलेसियाबाट कामदार तथा साउदी र कतारबाट कामदारसहित शव पनि ल्याइएको छ ।


ADVERTISEMENT


कतारबाट २ सय ९७ जना अलपत्र नेपाली फर्किएका छन् भने एउटा शव ल्याइएको छ । साउदी अरबको रियादबाट २ सय ५७ जना नेपाली आएका छन् भने ११ वटा शव ल्याइएको छ । दुबै मुलुकबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडान भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै कुवेतबाट ३ सय १९ जना नेपाली फर्किएका छन् । उनीहरु कुवेतमा आममाफी पाएका मध्येका हुन् । यूएईबाट बुधबार भएका तीन उडानमध्ये  हिमालय एयरलाइन्सले आबुधाबीबाट १ सय ५२ जना ल्याएको छ भने नेपाल एयरलाइन्सको जहाजबाट १ सय ४६ जना फर्किएका छन् । फ्लाई दुबईको जहाजबाट १ सय ५८ जना आएका छन् । मलेसियाको क्लालाम्पुरबाट मलेसियन एयरलाइन्सले १३ जना ल्याएको छ भने उक्त जहाज फर्किदा २८ जना लगेको छ ।