सुनसरी — लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको छ । आत्महत्या गर्नेमा २ सय १७ पुरुष, १ सय ४२ महिला, २० बालक र ३४ बालिका छन् ।


ADVERTISEMENT


प्रदेश १ प्रहरी कार्यालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ७८, झापामा ७६ र सुनसरीमा ५७ जनाले ज्यान गुमाएका छन् । करिब डेढ लाख जनसंख्या भएको धरान उपमहानगरमा लकडाउनयता गत मंगलबारसम्म २२ जनाले आत्महत्या गरेका छन् ।


ADVERTISEMENT

# # #


इलाममा ३७, उदयपुरमा २७, ओखलढुंगामा १५, खोटाङमा १७, धनकुटामा १५, पाँचथरमा १६, सोलुखुम्बुमा १६, भोजपुरमा १७, तेह्रथुम, संखुवासभामा र ताप्लेजुङमा १४/१४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।