काठमाडौँ — नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।


ADVERTISEMENT


नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको पुष्टि गरे ।


ADVERTISEMENT

# # #


बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको छ,’ सहायक रथी पाण्डेले भने ।