काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरी नगरपालिका वडा नं. ४ का ४९ दिनका एक शिशुको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती शिशुको असार १७ गते साँझ ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ती शिशुलाई गत असार ९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई लामो समयदेखि समस्या भएकाले आइसीयूमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


पहिला चरणको डायलासिस समेत गरिएका ती शिशुको निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १४५१९ रहेको छ । आज मात्रै ४७३ जना नयाँ संक्रमित फेला परेका छन् ।

कूल संक्रमितमध्ये ५३२० जनाको उपचारपछि निको भएको छ । आज मात्रै ६६४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।