लहान । नेपाली राजनीतिको शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्ती नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर ३ ले बिहिबार सदरमुकाम सिरहामा एक कार्यक्रम गरी मनाएका छन् ।


ADVERTISEMENT


उक्त कार्यक्रममा सहभागीहरुलाई काँग्रेस सिरहाका युवा नेता डाक्टर सुभाष चन्द्र यादवले कोइरालाको स्मारिका र फोटो वितरण गरेका छन् । पार्टीलाई मजबुत बनाउन गिरिजा प्रसाद कोइराला जस्तो चम्तकारी नेतृत्वकर्ताको आवश्यकता रहेको वक्ताहरुले धारणा राखेका थिए ।


ADVERTISEMENT

# # #


यसैबीच, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले सरकारले ल्याएको नागरिकता विद्येयकमा असहमति जनाउँदै असार २५ गते सदरमुकाम सिरहामा जनप्रदर्शन गर्ने जनाएको छ ।