काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौँको नयाँ बानेश्वर बस्ने एक जना ८५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार छाती दुखेको र पिसाब कम भएका कारण काठमाडौँको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र पार्किन्सनका बिरामी ती पुरुषलाई अस्पतालको आइसीयू आइशोलेसनमा राखेर उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


उपचारका क्रममा उनको असार १७ गते राती ११ बजे मृत्यु भएको थियो । उनमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १५२५९ रहेको छ । आज मात्रै ७४० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ६१३४ जनाको उपचारपछि निको भएको छ ।