नेदरल्याण्ड– बुल्गेरियालाई पराजित गर्दै नेदरल्याण्डले आगामी वर्ष रसिया हुने विश्वकपमा छनौट हुने सम्भावना कायम राखेको छ ।


ADVERTISEMENT


डेभी प्रोपरको दुई तथा अयान रोबेनको एक गोलको मद्दतले नेदरल्याण्ड ३–१ गोलअन्तरले विजयी भएको हो । बुल्गेरियाका लागि कोस्टाडिनोभले फ्रिकिकबाट गोल गरे पनि टोलीलाई खेलमा फर्काउन भने सकेनन् ।


ADVERTISEMENT

# # #


जीतसँगै समूह ए मा नेदरल्याण्ड शीर्ष स्थानमा रहेको फ्रान्सभन्दा ४ र दोस्रो स्थानमा रहेको स्वीडेनभन्दा ३ अंकले पछि रहेको छ । रोबेनले खेलमा देशका लागि ३४ औँ गोल गर्दै सर्वकालिन गोलकर्ताको सूचीमा जोहान क्रायफलाई पछि छाडेका छन् ।

समूहकै हिजै भएको खेलमा स्वीडेनले बेलारुसलाई ४–० गोलअन्तरले पराजित गर्यो भने फ्रान्स लक्जम्बर्गसँग गोलरहित बराबरीमा रोकियो ।

युरोपेली विश्वकप छनौट चरण अन्तरगत भएका अन्य खेलमा क्रोएसियाले कोसोभोलाई १–० ले पराजित गर्दै समूह आईको शीर्ष स्थानमा उक्लेको छ ।