दमक– घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ ।


ADVERTISEMENT


दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आज बिहान १०ः४५ बजे घर निर्माणका क्रममा तेस्रो तल्लाबाट भुइँमा लडेर विश्वकर्मा गम्भीर घाइते हुनुभएपछि उपचारका क्रममा दमकको लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए। प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।