एजेन्सी – भारतको पुणेका एक व्यक्तिले सुनको मास्क बनाएका छन् । पुणेका शंकर कुराडे करिब तीन लाख भारतीय रुपैयाँ खर्च गरेर सुनको मास्क बनाएका हुन् ।


ADVERTISEMENT


केही समय पहिले भारतकै महाराष्ट्रको एक सहर कोल्हापुरका एक व्यक्तिले चाँदीको मास्क बनाएका थिए । उक्त समाचार थाहा पाएपछि शंकर कुराडेले आफूमा सुनको मास्क बनाउने विचार आएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार ५५ ग्राम सुनबाट बनेको यो मास्क एक हप्तामा तयार भएको हो। सुनको मास्कले कोरोना रोक्न सक्छ या सक्दैन भन्ने कुरा आफूलाई थाहा नभएको ती व्यक्तिले बीबीसी हिन्दीलाई बताएका छन् ।