फागुन, २४। नुवाकोटको थप्रेकमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनको अवस्था गम्भीर छ ।


ADVERTISEMENT


चालकसहित पाँचजना घाइते भएका छन् । निर्माण सामग्री पुर्याएर फर्कने क्रममा सोमबार राति थप्रेक–६ कुलकुलेमा मिनीट्रक दुर्घटना हुँदा स्थानीय गणेशप्रसाद खतिवडाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी गम्भीर घाइते भएका १६ वर्षका खतिवडालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका थप्रेक–६ का रुपेश नेपाली, राजकुमार तामाङ र लाठो तामाङलाई उपचारका लागि काठमाडौँको ग्रिनसिटी अस्पताल लगिएको छ ।

दुर्घटना भएको बा ४ ख ९९५ नम्बरको मिनीट्रकका चालक पञ्चकन्याका उमेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रुम्बासहित मिनीट्रकमा रहेका सुन्दरादेवीका रवीन्द्र तामाङ पनि घाइते भएका छन् ।

थप्रेकको आरुखर्कमा बालुवालगायतको निर्माण सामग्री पुर्याएर फर्कने क्रममा कुलकुले भन्ने स्थानमा कच्ची सडकमा सन्तुलन गुमाएपछि उक्त दुर्घटना हुँदा मिनीट्रक २०० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।