काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटनाबारे छलफल गर्न र यथार्थ विवरण लिन गृहमन्त्री विमनेन्द्र निधि, सप्तरीका सिडियो उद्धवराज तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौँ बोलाएका छन्।


ADVERTISEMENT


सप्तरी घटना हुँदा कैलालीमा रहेका गृहमन्त्री निधि आज बिहान हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन्। सिडियो र एसपी पनि आजै काठमाडौं आउँदै छन्।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीले गृहमन्त्री र उहाँमार्फत सप्तरी सिडियो र एसपीलाई घटनाबारे छलफल गर्न बोलाउनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो। सप्तरीमा सुरक्षा संयम अपनाउन र गोली नचलाउन सुरक्षा निकायलाई निर्देशन दिएको भए पनि अन्तिममा गएर किन र कसरी गोली चल्यो त्यसको निरूपण गर्न प्रधानमन्त्रीले छलफल बोलाएका हुन्।

प्रधानमन्त्रीले छलफलका लागि मधेसी मोर्चाका नेताहरूलाई पनि टेलिफोन गरेर बोलाएका छन्। आज बिहान तमलोपा अध्यक्ष महन्त ठाकुरसँग टेलिफोनमा कुरा भए पनि मोर्चा नेतासँग बैठकको टुंगो भने लागेको छैन ।

हिजो नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा मोर्चाका कार्यकर्ता र प्रहरीविच मुठभेड हुँदा प्रहरीको गाली लागेर च्ँर जनाको मृत्यु भएकको थियो ।