काठमाडौं –  देशभर आज सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।


ADVERTISEMENT


अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका  केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र  कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ । हल्का वर्षा भइरहेको छ ।

“न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिदोँ क्रममा रहेको छ । त्यसैले कम्तिमा अब तीनदिन पानी पर्नेछ,” मौसम विद् विभुती पोखरेलले भनिन्, “सक्रिय मनसुन जारी रहेकाले पानी पर्नेक्रम जारी रहन्छ ।”

पानी पर्ने क्रम रहेकाले बाढी, पहिलो तथा डुबानको सम्भावना भएकाले सतर्क रहन उनले आग्रह गरिन् । “आत्तिनु पर्दैैन तर सतर्क भने रहनुपर्छ । बाढी, पहिराे र डुबानबाट सतर्क रहनुपर्छ ।”