काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज काठमाडौँको माइतीघर मण्डलमा जनप्रदर्शन भएको छ ।


ADVERTISEMENT


युवाद्वारा गरिएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको छ । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका हुन् ।


ADVERTISEMENT

# # #


‘अ नेसन फस्ट मुुभमेन्ट’ नामक समूूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार माइतीघरमा आयोजना गरेको प्रदर्शनमा सहभागी । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

त्यस्तै उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार’, ‘जनताको चाहना सरकार परिवर्तन गर्न पाइँदैन’, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो’ र ‘ओली सरकारका पक्षमा ऐक्यबद्धता जनाऔँ’ जस्ता नारा लेखिएका व्यानर र प्ले कार्डसमेत बोकेका थिए ।