काठमाडौँ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।


ADVERTISEMENT


मंगलबार बिहान धादिङको बेनीघाट रोराङ–१० मा पहिरो जाँदा पृथ्वी राजमार्ग भएर काठमाडौं आउने तथा पूर्व–पश्चिम जाने गाडी रोकिएका छन्।


ADVERTISEMENT

# # #


बाटो अवरुद्ध भएपछि पोखरा, चितवन लगायत यो मार्ग भएर पूर्व-पश्चिम जाने आउने गाडी बिच बाटोमा नै रोकिएका छन्। पहिरो हटाइ बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्डका कारण यात्रुले हरेक दिन जसो सास्ती खेप्नु परेको छ।