काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरणमा गम्भीर मानवतस्करीसंग जोडिएको विषय भएकाले उच्चस्तरीय छानविन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो । रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानविन आयोग बन्न ठोस प्रतिवद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए ।


ADVERTISEMENT

# # #


भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरुको गाम्भीर्यता नदेखिएको उनले बताए । उनले दलहरुबीच भएको दुई बुदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे ।

रास्वपाका अन्य सांसदहरुले पार्टी एक्लै भए पनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन् ।