जर्मनी– नर्वेलाई पराजित गर्दै सन् २०१८ को विश्वकप छनौटमा जर्मनीले शत प्रतिशत नतिजा कायम राखेको छ ।


ADVERTISEMENT


नर्वेलाई ६–० गोलको विशाल अन्तरले हराउँदै समूह सीको शीर्ष स्थानमा कायम रहेको छ । जर्मनीको घरेलु मैदानमा भएको खेलमा मेसुट ओजिलले खेलको १० औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


७ मिनेटपछि उनको पासमा जुलियान ड्राक्सलरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । त्यसपछि टिमो वेर्नरले दुई गोल थपेपछि जर्मनीले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

दोस्रो हाफमा लियोन जोरेट्जका र मारियो गोमेजले एक एक गोल थपे ।

समूह कै अन्य खेलमा अर्जेबाइनले सान मारिनोलाई ५–१ गोलअन्तरले हरायो भने आयरल्याण्डले चेक रिपब्लिकलाई २–० ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्यो ।

समूह ई मा रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले पोल्याण्डले कजाकिस्तानलाई ३–० ले हरायो । जीतसँगै पोल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

उता, मोन्टिनेग्रोले रोमानियालाई १–० गोल अन्तरले हराउँदै दोस्रो स्थानमा कायम रहेको छ । डेनमार्कले अर्मेनियालाई ४–० हराउँदै दबाब कायम राखेको छ ।