एजेन्सी-  प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । गुगलको मातृ संस्था अल्फावेट इन्कले आगामी ५ देखी ७ बर्षको अवधिमा सो रकम खर्च गर्ने जनाएको छ । गुगलको भारतमा हुने बार्षिक कार्यक्रममा बोल्दै प्रमुख सुन्दर पिचाईले साना ब्यवसायीलाई डिजिटल सेवाका लागी प्रोत्साहन गर्ने बताउनुभएको छ । गुगलका लागी भारत निकै ठुलो डिजिटलबजार हो । उदीयमान मानिने डिजिटल बजार भारतमा ५० करोड इन्टरनेट प्रयोगकर्ता छन् ।


ADVERTISEMENT