गोरखा — बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रअन्तर्गत गोरखा र धादिङका डुबानपीडितलाई अहिलेसम्म ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिएको छ । आर्थिक वर्ष ०७३/०७४ बाट मुआब्जा वितरण सुरु गरिएको हो । गोरखा र धादिङका १५ हजार ५ सय ९० जग्गाधनीलाई मुआब्जा वितरणपछि ४७३२५.७४ रोपनी जग्गा आयोजनाको स्वामित्वमा आएको छ ।


ADVERTISEMENT


गोरखातर्फ २३ हजार ५ सय ७५ रोपनी र धादिङतर्फ २३ हजार ७ सय ५० रोपनी क्षेत्रफलको मुआब्जा वितरण भइसकेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ प्रमुख कृष्ण कार्कीले बताए । चालु आर्थिक वर्षमा मात्र ५ अर्ब ४३ करोड मुआब्जा वितरण भएको छ ।


ADVERTISEMENT

# # #


२ जिल्लाका २ हजार ४ सय ७९ घरको ३२०५.५७ रोपनी क्षेत्रफलको मुआब्जा वितरण भएको हो । चालु आवमा गोरखातर्फ १२९५.७० रोपनीको २ अर्ब ६५ करोड ४२ लाख र धादिङतर्फ १९०९.८७ रोपनी क्षेत्रफलको २ अर्ब ७७ करोड ९७ लाख मुआब्जा वितरण गरिएको छ ।