भक्तपुर- नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा सत्तल र ढुङ्गेधारा निर्माण गरेको छ ।


ADVERTISEMENT


सेनाको श्रमदानमा निर्मित सत्तल र ढुङ्गेधारा मन्दिर संरक्षण तथा विकास समितिलाई हस्तान्तरण गरेको छ । वीर दल गणका प्रमुख सेनानी शिवप्रसाद पौडेलले नेपाली सेनाका प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन–२०७५ बमोजिम नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ गर्ने उद्देश्यले डोलेश्वर मन्दिर परिसरमा विष्णु पादुका क्षेत्र निर्माण गरिएको बताए ।


ADVERTISEMENT

# # #


सत्तल तथा ढुङ्गेधारा निर्माणका लागि १ हजार ८ सय ६० जना नेपाल सेनाको श्रमदान रहेको उहाँले बताउनुभयो । सत्तल, ढुङ्गेधारा, भक्तजनको वस्त्र परिवर्तन स्थल, पर्खाल, फलामे पुल, हवन घर र मठ निर्माणका लागि २४ लाख ८० हजार २१० रुपैयाँ खर्च भएको उनले बताए ।