काठमाडौं –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिले आगामी भदौ ७ गतेसम्म गाउँपालिका तथा नगरपलिकाको वडामा निवेदन दिन सक्ने बताएको छ । आर्थिक वर्ष २०७७/०७८ मा रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचिकरण गर्ने कार्य देशव्यापी बन्दाबन्दीको कारण प्रभावित भएको भन्दै मन्त्रालयले साउन ८ गतेदेखि भादौ ७ गतेसम्म नयाँ मिति कायम गरिएको बताएको छ ।


ADVERTISEMENT


 

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ति जारी गर्दै २०७७ चैत १ गतेदेखि बेरोजगारको तथ्यांक संकलन प्रारम्भ भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोले बेरोजगार व्यक्तिको निवेदन संकलन र बेरोजगार व्यक्ति सूचिकरणको  काम हुन नसकेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #