वासिङ्टन — अनलाइनबाट पढिरहेका विदेशी विद्यार्थीलाई स्वदेश फर्काउने निर्णयबाट अमेरिका पछि हटेको छ । विदेशी विद्यार्थी फर्काउने ट्रम्प प्रशासनको योजनाविरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआईटी) र हार्भड विश्वविद्यालयले अदालतको ढोका ढकढकाएका थिए ।

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थानमा अनलाइन माध्यमबाट पढिरहेका विद्यार्थीलाई स्वदेश फर्काउने बताएका थिए । म्यासाचुसेट्सका जिल्ला न्यायाधिश एलिसन बरोका अनुसार यस विषयमा सबै पक्षबीच सहमति जुटेको छ । सहमतिअनुरुप मार्चमा लागू गरिएको नीति फेरि लागू गरिएको छ । यसअन्तर्गत अनलाइन क्लास लिए पनि विदेशी विद्यार्थी वैधानिक रुपमा विद्यार्थी भिसामा अमेरिकामा बस्न सक्नेछन् ।


ADVERTISEMENT


अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हरेक वर्ष हजारौं विद्यार्थी पुग्नेगर्छन् । अमेरिकी विश्वविद्यालयको मुख्य आम्दानीको स्रोत पनि विदेशी विद्यार्थी नै हुन् । तर पछिल्लो समय कोरोना महामारीका कारण अमेरिकाका अधिकांश विश्वविद्यालयले अनलाइनमार्फत पढाइरहेका थिए । हार्भडदेखि एमआईटीसम्मले अनलाइनमार्फत कक्षा लिइरहेका थिए ।


ADVERTISEMENT

# # #