– गाेबिन्द ढकाल, अध्यक्ष, विकास बैंकर्स संघ एवं सीईओ, गरिमा विकास बैंक

समग्रमा राष्ट्र बैंकले ल्याएकाे माैद्रिक नीति राम्राे छ । यस्ले उद्योगी ब्यवशायीहरूलाई बढी केन्द्रीत गरेकाे देखिन्छ । बैंक तथा बित्तीय संस्थाका भन्दा पनि बजेटले समेट्न नसकेका उद्योग क्षेत्रका बिषयहरूलाई अझ बढी संबाेधन गर्न खाेजेकाे देखिन्छ । यस माैद्रिक नीतिमा साना ऋणी, पूनकर्जा, पूननिर्माण लगायतका बिषयहरू संबाेधन भएका छन्

यस्मा अटाे ब्यवशायीहरूकाे बिषय संबाेधन भएकाे छैन । ऋण चुक्ताकाे समय थप गरिएकाे छ, तर कथाचित उद्योगी ब्यवशायीले ऋण चुक्ता गर्न सकेनन् भने राष्ट्र बैंकले कसरी यस्काे भार थाम्न सक्छ भन्ने प्रश्न पनि उब्जिएकाे छ ।
कृषिमा लगानी, कर्जामा सदुपयाेग, मेची महाकाली बित्तीय पहुँच पूर्याउने कुरा जायज र स्वागत याेग्य छन् । तरलता अभाव नहुने गरि हुनुपर्छ भन्ने हाम्राे समेतकाे सल्लाह अनुसार नै माैद्रिक नीति आएकाे छ । याे राम्राे छ ।


ADVERTISEMENT


सरकारले लिएकाे आर्थिक बृद्दिदरकाे एजेन्डालाई सहयाेग पुग्ने गरि नै माैद्रक नीति अfएकाे छ । यस्का लागि बैंक तथा बित्तीय संस्थाहरूले २० प्रतिशत लगानी बढाउनु पर्ने देखिन्छ ।
ऋण लिनेहरूलाई सहुलीयत हुने गरि आएकाे छ । यसरी समग्रमा माैद्रिक नीति राम्राे छ यद्यपि केही बिषयहरूकाे संबाेधनमा अझै ध्यान पूर्याउनुपर्ने पनि देखिन्छ ।


ADVERTISEMENT

# # #


( सीईओ ढकालसंगको कुराकानीमा आधारित )