भारतको बनारसमा एकजना नेपालीमाथि ज्यादतीमा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन्।
पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेको पाईएको प्रहरीले बताएको छ ।
भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए।


ADVERTISEMENT


ज्यादतीमा संलग्‍नहरुविरुद्ध थाना भेलुपुरमा उजुरी दर्ता भइसकेको छ। पक्राउ परेकाबाट त्यस घटनामा संलग्‍न सबैको पहिचान भएको छ।
हामी सबैलाई कडा कारवाही चलाउँछौं।’ एसएसपी पाठकका अनुसार स्थानीयस्तरमा हिन्दु धार्मिक संगठन चलाउने उनीहरुले त्यस भिडियोमा छिमेकी देश (नेपाल)का नेताविरुद्ध अमर्यादित टिप्पणी गरेको पाइएको पनि जानकारी दिए। ‘अरुणसहित घटनामा संलग्न सबैविरुद्ध मुद्दा दर्ता भएको छ।


ADVERTISEMENT

# # #


यस घटनासँग जोडिएका सबै व्यक्तिको पहिचान भइसकेको छ। घटनामा संलग्‍न केही व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ। फरार भएकाहरुको गिरफ्तारीका लागि प्रयास जारी छ’, उनले भने, ‘स्थानीय पुलिसले कठोर कारवाही चलाउने छ।’
भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरिसकेकाले बिबादित बिषयमा कुनै टिप्पणीको आवश्यकता नरहेको बताइसकेको छ।