काठमाडौं । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।


ADVERTISEMENT


बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए । अतिबादी समूह प्रहरीको फन्दामा परेको छ ।


ADVERTISEMENT

# # #


अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो । भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।

भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताएका थिए ।

तर पीडित भनिएका व्यक्ति प्रहरीकहाँ पुगेका थिएनन् ।

शनिबार बाराणसी प्रहरीले उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’

उनले भिडियो बनाए पावत एक हजार रुपैयाँ लिएको पाइएको प्रहरीले बताएको छ ।