काठमाडौं– निजी विद्यालय सञ्चालकहरुले बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इष्टुसंग हिजो भएको छलफलपछि बेतलबी विदामा बसेका सम्पूर्ण शिक्षकलाई दिन बाँकी सबै तलब क्रमश: दिदै जाने निर्णय भएको हो ।


ADVERTISEMENT


प्याव्सन, एन प्याव्सन र इष्टुका प्रतिनिधिबीच भएको छलफलमा चैत्रसम्मको तलब निकासा गर्ने, बैशाख, जेठ र असारको तलब पनि क्रमश: दिदै जाने लगायतको सहमति भएको इष्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिनुभयो ।  छलफलपछि इष्टुले  तय गरेको प्याब्सन र एन प्याब्सन विरुद्धको कार्यक्रम फिर्ता लिएको छ । ७ र ८ गतेका लागि तय भएको विरोधका कार्यक्रम यथावत रहेको उहाँले बताउनुभयो ।


ADVERTISEMENT

# # #