काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले स्थगन गरेका सिकाई सहजीकरण कार्यहरुलाई निरन्तरता दिन सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवाला पक्षसंग गरेको छलफलका क्रममा प्राप्त सुझावका आधारमा निरुपणका लागि प्रयत्नरत रहेको उल्लेख छ ।


ADVERTISEMENT

# # #


यस्तै केही दिनअघि सार्वजनिक मौद्रिक नीतिमा शिक्षा लगायतका व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण गर्ने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।