काठमाडौं- विश्व बैंकका प्रमुख डेविड मालपासले कोरोना भाइरस संक्रमणका कारण विश्वका विकासशील देशमा कर्जा संकट बद्धि हुने र त्यसले चरम आर्थिक संकट निम्त्याउने चेतावनी दिनुभएको छ ।


ADVERTISEMENT


मालपासले जी २० राष्ट्रका अर्थ मन्त्रीहरुसँगको भर्चुअल बैठकका क्रममा कोरोना कहरका कारण विश्वका विकासशील राष्ट्र ठूलो आर्थिक संकटको चपेटामा पर्न सक्ने संकेत देखा परेको बताउनुभएको हो ।


ADVERTISEMENT

# # #


बैठकमा उपस्थित साउदी अरबका वित्त मन्त्री मोहम्मद अअल जदानले महामारीका कारण विश्वभर देखा परेको नयाँ चुनौतीलाई मिलेर सामना गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले स्पेनिश फ्लूपछि सन् १९३० को दशकमा देखा परेको ग्रेट डिप्रेशनको स्मरण गराउँदै यस्तै गतिमा आर्थिक संकट बढ्दै गए पुन: सोही अवस्था भोग्नुपर्ने बताउनुभयो । त्यसका लागि जी २० मा संलग्न राष्ट्रले तत्काल महत्वपूर्ण कदम चाल्नुपर्ने उहाँको भनाई थियो ।