काठमाडौँ – वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा.ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको एक सय दिन पूरा भएको छ । उक्त अवसरमा आइतबार उपकुलपति प्रा.डा. गिरीले आफ्नो कार्यकालका सुरुवाती सय दिन उत्साहजनक रहेको बताएका छन् ।


ADVERTISEMENT


विगतका कमिकमजोरी लाई सुधार गर्दै प्रतिष्ठानको २७ वर्षे इतिहासको विरासतलाई नयाँ उचाई पुर्याउन आफू लागि परेको उनले बताएका छन् । कोरोना महामारीको अप्ठ्यारो अवस्थामा उपकुलपति बनेका गिरीले आम अपेक्षा अनुसार शैक्षिक तथा अनुसन्धान, प्रतिष्ठानको सेवा विस्तार र आर्थिक तथा शैक्षिक–प्रशासनको स्थायित्वका लागि काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


व्यवहारिक, दृढ र प्रतिष्ठान विकासका लागि आवश्यक नीतिका लागि बोल्ड निर्णय गर्ने क्षमता भएको व्यक्तिको रूपमा परिचित उपकुलपति गिरीलाई निर्णायक र चातुर्यताका हिसाबले प्रतिष्ठानमात्र नभई समग्र प्रदेश नं. १ को स्वास्थ्य क्षेत्रको विकासका लागि योग्य व्यक्तिका रुपमा लिइन्छ । उपकुलपति प्रा. डा. गिरी प्रतिष्ठानलाई एसियाकै ठूलो शिक्षण संस्थाका बनाउन र आफ्ना अबका गतिविधि त्यसतर्फ केन्द्रित रहेको बताउँछन् ।

उनले आफ्नो कार्यकालको सुरुवाती सय दिनमा सहयोग गर्दे सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, राजनैतिक दल, सर्वसाधारण, नेपाल सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा समेत गरेका छन् ।