काठमाडौं । विकास बैंकहरुमा पनि अब्बल राष्ट्रियस्तरको गरिमा विकास बैंकले ल्याएयो सजिलो घरकर्जा योजना मात्र ९.९९ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने गरी यो योजना ल्याइएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकालले जानकारी दिए ।


ADVERTISEMENT


‘यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा दुई वर्र्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्नुहुन्छ,’ ढकालले भने, ‘घर लागत बराबरको सम्पूर्ण कर्जा सुबिधा उपलब्ध गराउँछौं ।’ कोभिड–१९ बाट आर्थिक क्षेत्र धरासायी भएको र धेरैको आयआर्जनका स्रोत घटेकाले यो योजना प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।


ADVERTISEMENT

# # #


यो योजना अन्तर्गत ३० वर्षसम्मको किस्तामा कर्जा सुबिधा उपलब्ध हुनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भएपनि सो कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ । स्वाप गर्दा कुनै पनि कर्जा लाग्दैन । यो योजना सिमित अवधिको लागि मात्र ल्याएको सीईओ ढकालले बताए ।