नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT



दुई अध्यक्षबीचको वार्ता र सहमतिको प्रयासका लागि समय अपुग भएको भन्दै दुई घण्टाका लागि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताए ।


ADVERTISEMENT

# # #


बैठक अघि दुई अध्यक्षबीच सहमतिको प्रयास गर्ने भन्दै बैठक स्थगित गरिएको हुनसक्ने उहाँले अनुमान लगाउनुभयो ।