काठमाडौँ– खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘तराईरमधेस कांग्रेसको गढ हो, कांग्रेसले नै मधेसको विकास गरेको छ, हजारौं नेता तथा कार्यकर्ताहरू कांग्रेसलाई पहिलो बनाउन आँतुर छन्, हामीले पनि जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरूलाई उम्मेदवार बनाएका छौं।’


ADVERTISEMENT

# # #


साक्षात्कारमा बोल्दै उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरू गरेकोले कांग्रेसप्रति जनताको विश्वास रहेको स्पष्ट पारे । उनले भने,‘१ सय ३६ स्थानमा हामी एक सय ६ वा ७ स्थानमा विजयी हाँसिल गर्छौं।’

त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९र१० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यही अनुसार उम्मेदवार तय भएको समेत जनाए । उनका अनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर (मिथिला  ), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको छ ।

मन्त्री यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरे । उनले भने,‘ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंवासीले यही वर्षको डिसेम्बरभित्रै खान पाउँछन्।’ विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चितजस्तो भएपनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित गराएको उनको भनाई थियो ।

उनले थपे,‘प्रधानमन्त्री शेरबहादुर देउवाज्यूकै पालामा मेलम्चीको पानी काठमाडौं आउँछ, मेरै पालामा पानी आउँछ, यसमा कुनै दुई मत छैन।’ प्रधानमन्त्री देउवाले समेत उक्त राष्ट्रिय गौरवको आयोजनाको अवलोकन गरेको उल्लेख गर्दै थपे,‘उनले स्वयम् बजेटको कुनै अभाव हुँदैन भन्नुभएको छ, अब पानी काठमाडौं आउने भयो ।