काठमाडौँ– प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।


ADVERTISEMENT


सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो । बाँकी जिल्लामा बैशाख ३१ र असार १४ गते दुई चरणमा यसअघि नै निर्वाचन सम्पन्न भइकेको छ ।


ADVERTISEMENT

# # #


आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।

अघिल्ला चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले समेत निर्वाचनमा सहभागिता जनाएकाले चुनाव शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सम्पन्न हुनेमा सरकार र निर्वाचन आयोग दुबै विश्वस्त देखिन्छन् ।

प्रदेश नं. २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाँउपालिका गरी १ सय ३६ स्थानीय तहमा ६ हजार ६ सय २७ जनप्रतिनिधी निर्वाचित हुनेछन् । निर्वाचनका लागि ३१ हजार ५० सय कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । यसका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको पनि आयोगले जनाएको छ ।