काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक केहिबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १ बजेका लागि बोलाइएको बैठक केहि मिनेट बसेर फेरि स्थगित भएको हो ।


ADVERTISEMENT


बैठक सुरु भएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै कमिटिका सदस्यलाई बैठक स्थगित भएको जानकारी गराए । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।


ADVERTISEMENT

# # #


बैठक यही साउन १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको छ ।