काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा २१ हजार ७०४ जना रहेका छन् भने ५ हजार ४७७ जना आइशोलेसनमा रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ । हालसम्म १२ हजार ४७७ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६९.३४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ६०९ जना निको भएका छन् ।