काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक चिनियाँ संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT


कोपोखरामा काम गर्ने ४९ वर्षीय चिनियाँ महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । पोखराकै मणिपाल हस्पतालमा उपचारका लागि भर्ना भएकी उनलाई थप उपचारका लागि साउन २ गते हेलिकोप्टरमार्फत काठमाडौँको ग्रान्डी अस्पताल ल्याइएको प्रवक्ता डा. गौतमले जनाए ।


ADVERTISEMENT

# # #


उपचारका क्रममा कोरोना पुष्टि भएपछि ती महिलालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

सम्बन्धित समाचार
 – कोरोनाबाट थप २ जनाको मृत्यु, ४२ पुग्यो मृतक संख्या
 – थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ । हाल नेपालमा कोरोना संक्रमितहरु झण्डै १८ हजार रहेका छन् । जसमध्ये १२ हजार ४७७ जना उपचारपछि निको भएका छन् ।

(समाचारलाई अपरान्ह ४:३० बजे थप अपटेड गरिएको छ ।)