काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ०९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७८९ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा २० हजार ८४२ जना रहेका छन् भने ५ हजार ३६८ जना आइशोलेसनमा अथार्त सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म १२ हजार ६८४ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २०७ जना निको भएका छन् ।