काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती मृतक खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २ गते भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर आइसीयूमा उपचार भइरहेको थियो । कोरोना पुष्टि भएका उनको हिजो (मंगलबार) मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै पोखरामा काम गर्ने ४९ वर्षीय चिनियाँ महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १८ हजार ९४ रहेको छ । आज मात्रै १०० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १२ हजार ६८४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २०७ जना उपचार पछि निको भएका छन् ।