काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर रानीघाटका ८५ वर्षीय एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती मृतक महिला मुटुसम्बन्धि बिरामी थिइन् । निमोनियाँबाट ग्रसित उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको आज (बिहीबार) बिहान मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १८ हजार ३७४ रहेको छ । आज मात्रै १३३ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १२ हजार ९४७ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १०७ जना उपचार पछि निको भएका छन् ।