एजेन्सी– ओमर अल सोमाले इन्ज्युरी समयमा गोल गरेपछि गृह युद्धमा अल्झिरहेको सिरियाले इरानलाई मंगलबार राति २–२ को बराबरीमा रोक्यो र विश्वकप प्ले अफका लागि छनोट भयो ।


ADVERTISEMENT


खेलको अन्त्यतिर सिरिया २–१ ले पछाडि थियो र प्ले अफ समीकरणबाट बाहिरिने तय देखिएको थियो । तर सोमाले गोल गरेपछि सिरियाको भाग्य खुलेको हो ।


ADVERTISEMENT

# # #


अब सिरियाले विश्वकपमा छनोट हुने अस्ट्रेलियाविरुद्ध घर र बाहिर गएर दुई चरणमा प्ले अफ खेल्नेछ । एसियाकप छनोटको अन्तिम दिन दक्षिण कोरियाले उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्यो र विश्वकपमा छनोट भयो ।

यस्तै साउदी अरेबियाले पनि जापानलाई १–० ले हराएर आउने विश्वकप खेल्ने अवसर जुटायो । इरानसँगै जापान यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ