काठमाडौँ — सर्वोच्च अदालतले पत्नीहत्याको अपराधमा जेल पठाइएका पूर्वडीआईजी रञ्जन कोइरालालाई बाँकी कैद सजाय छुट दिने फैसला पुनरावलोकनका लागि परेकाे निवेदन सुनुवाइ गर्न तीन सदस्यीय इजलास गठन गरेको छ ।


ADVERTISEMENT


न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा आइतबार तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सदस्य छन् । उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ ।


ADVERTISEMENT

# # #


तीन जनामध्ये श्रेष्ठ र ढुंगाना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट न्यायाधीश मानिन्छन् । रेग्मी भावी प्रधानन्यायाधीशको रोलक्रममा छन् ।