काठमाडौं – पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ८१८ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १६ हजार ३७१ जना रहेका छन् भने ४ हजार ९५० जना आइशोलेसनमा अथार्त सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म १३ हजार ७५४ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यो संख्या कूल संक्रमितको ७३.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ६२६ जना निको भएका छन् ।